केही मानिस निद्रामा दौडिने, अरुलाई कुट्ने जस्ता अनौठा व्यवहार देखाउँछन् । यस्तो प्रकारको रोगको निदानका लागि थुप्रै क्लिनिकहरु पनि खुलेका छन् । बेलायतको मेन्टल हेल्थ फाउण्डेसनका अनुसार त्यहाँका ३० प्रतिशत मानिस निद्रा सम्वन्धी कुनै न कुनै रोगको शिकार भएका छन् । जसमा निद्रामै खाने र सेक्स गर्नेसम्मका रोगीहरु भेटिएका छन् । हामी पनि जानौं न त निद्रामा कस्ता ब्यवहार देखाउँछन् मानिसहरु ?

एस एम एस

बेलायतको एक अस्पतालमा काम गर्ने डाक्टर क्रिस्टी एण्डरसनका अनुसार थुप्रै मानिसमा निन्द्रामा एसएमएस गर्ने वानी छ । बेलायतमा ९२ प्रतिशत मानिससँग मोबाइल रहेको अनुमान छ र अधिकांश आफ्नो फोन सिरानी वा ओछ्यानमा नै राखेर सुत्छन् ।

खाने :


केही मानिस विहान उठ्दा किचन निकै अस्तव्यस्त हुन्छ । मानिसहरु निद्रामा नै खाना खान्छन् भने केही केहीले त खाना नै पाकाउने गरेको चिकित्सकहरु बताउँछन् । विहान उठ्दा निद्रामा गरेका कामबारे उनीहरुलाई थाहै हुँदैन ।

सेक्स :

सेक्सोमेनिया एक यस्तो रोग हो । जसमा मानिसहरु निद्रामा नै संभोग गर्छन् । सामान्यतया यस्तो घटना मानिसहरु अत्याधिक तनावमा आउँदा वा मदिरा, ड्रग्स आदिको सेवन गर्दा हुने गर्छ । केही केहीले त निद्रामा नै पूरा संभोग गर्ने गरेको चिकित्सकहरु बताउँछन् । एडिनबरा स्लीप क्लिनिकका डाक्टर क्रिस इडजीकोव्ससीका अनुसार निन्द्रामै हुने सम्भोग हिंस्रक पनि हुनसक्छ ।

सास बन्द :

निद्रामा सास लिन छाड्ने बिमारीलाई ओब्सट्रक्टिव एपनोआ भनिन्छ । जानकारहरुका अनुसार यसको सम्वन्ध मोटोपनसँग पनि हुन्छ । बीबीसीको एक कार्यक्रममा पल एस्बुतीले भनेकी थिइन्, उनी कुनै बेला निद्रामा २६ सेकेण्डसम्म साल लिन छाडि्छन् ।

पारासोम्निया :

निद्रामा पनि आँखा खुला राख्ने, कार चलाउने जस्ता समस्यालाई यो समूहमा राखिन्छ । बेलायती डाक्टर एण्डरसनले आफू कहाँ आएका विरामी मध्ये केहीले निद्रामा नै आफ्नो दाजुको हातबाट सावधानीपूर्वक घडी निकाल्ने गरेको समस्या लिएर आएका छन् । यस्तै निद्रा सम्वन्धी अर्को रोग पनि हुन्छ । यस्तो समस्या भएकाहरु मस्त निद्रामा रहेको समयमा दिमागमा अचानक कुनै ठूलो विस्फोट हुन्छ र जुरुक्क उठ्छन् । यसलाई हेड सिन्ड्रोम भनिन्छ ।